सञ्चालन जोखिम न्यूनीकरण गर्न दक्षता वृद्धि’ Read 1251 Times
karobar at 10/1/2013

कारोबर सम्बाददाता
काठमाडौं, १४ असोज- अर्थमन्त्रालयका सल्लाहकार डा. चिरञ्जीवी नेपालले प्रविधिको विकास र प्रयोगसँगै बैंकिङ क्षेत्रमा सञ्चालन जोखिम थपिएको बताएका छन् । लेखापरीक्षण तथा रेटिङमा अन्तर्राष्ट्रिय स्तरका अभ्यास प्रचलनमा नआइसकेको भए पनि सूचना प्रविधिलाई नेपाली बैंकिङ क्षेत्रले स्वीकार गरेकाले यसका जोखिम न्यूनीकरणमा पनि त्यत्तिकै चनाखो हुनुपर्नेमा जोड दिए । 

इन्डिपेन्डेन्ट बिजनेस न्यूज मिडिया एन्ड रिसर्च सेन्टरले बैंकका कर्मचारीहरूका लागि आयोजना गरेको ‘बैंकिङ सञ्चालन तथा सञ्चालनका बाधा’ तालिम कार्यक्रमको उद्घाटन गर्दै डा. नेपालले नेपालको वित्तीय क्षेत्रलाई अन्तर्राष्ट्रियस्तर अनुकूल बनाउँदै लैजानुपर्ने बताए ।
“अन्तर्राष्ट्रिय स्तरको बैंकिङ अभ्यासकालागि क्रेडीट रेटिङ एजेन्सी र लेखापरीक्षणको अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नुपर्छ,” उनले भने, “अन्तर्राष्ट्रिय स्तरका अभ्यास अनुसरण गर्न यी आधारभूत औजार हुन् ।”
बैंक वित्तीय संस्थामा सञ्चालन जोखिम अधिक हुने भएकाले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको टीप्पणी गर्दै उनले नियामकको उपयुक्त नियमन, सुपरिवेक्षण तथा कुशल बैंकिङ अभ्यास अनुशरण गर्न बैंकरहरूलाई आग्रह गरे ।  “सञ्चालन जोखिम अत्यन्त संवेदनशील हुन्छ भनेर लेहम्यान ब्रदर्शको उदाहरण हेर्न सकिन्छ,” नेपालले भने, “एक वर्ष अगाडि उत्कृष्ट बैंकका रूपमा अवार्ड पाएको बैंक अचानक धराशायी भयो ।” उनले सञ्चालन जोखिम न्यूनीकरणसम्बन्धी तालिम तथा अभिमुखीकरण कर्मचारीहरूका लागि अत्यावश्यक रहेकामा जोड दिए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हरिप्रसाद काफ्लेले सञ्चालन जोखिम न्यूनीकरणका लागि केन्द्रीय बैंकले दूरदर्शी नीति निर्देशन जारी गरेको बताए ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष राजनसिंह भण्डारीले सञ्चालन जोखिम विधि, प्रक्रिया र व्यक्तिबाट उत्पन्न हुने भन्दै व्यवस्थापन र सञ्चालक समितिको मिलेमतोमा सञ्चालन जोखिम बढी देखिएको र वित्तिय संस्था धराशायी भएको बताए ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बैंक÷वित्तीय संस्थामा धेरैजसो व्यवस्थापन प्रमुखहरू कर्जा शाखाको पृष्ठभूमिबाट आएकाले सञ्चालन जोखिम न्यूनीकरणमा ध्यान नदिएको भन्दै हरेक कर्मचारीको कामको बेहोरा प्रष्ट नहुँदा पनि यस्ता जोखिम आइलागेको उल्लेख गरे ।
 

Send

Comments: